न्यूज अपडेट
काठमाडाैं, ५ भदाै

विश्वव्यापी महामारीको रुपम रहेको कोरोना भाइरस संक्रमणबाट एकै दिन ११ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक महिला सहित ११ जनाको निधन भएको जनाएको छ ।मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुष रहेका छन् भने दोलखाकी एक महिला रहेकी छिन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।