भक्तपुरमा २०१ सहित काठमाडौं उपत्यकामा ३ हजार ९३९ संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ३ माघ1140x725

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९३९ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा ती संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा धेरै २ हजार ९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जना संक्रमित थपिएका छन्। उक्त अवधिमा देशभर ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *