थप ६,७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ३ माघ

नेपालमा पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै ५४७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३०८७७ जना सक्रिय संक्रमित रहेका छन्।  २४ घण्टामा देशभर १४३३६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *