१४ हजार नाघे सक्रिय संक्रमित, १३५ जना आईसीयू र भेन्टिलेटरमा 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २९ पुसsharethis sharing button

कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। पछिल्लो ७ दिनमा सक्रिय संक्रमितको संख्या ५ हजारबाट बढेर १४ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ। ७ दिनअघि  सक्रिय संक्रमितको संख्या ५ हजार नजिक थियो।

दैनिक संक्रमितको संख्या बढ्दै आएको छ। त्यो अनुपातमा निको हुनेको संख्या भने बढ्न सकेको छैन। जसले गर्दा सक्रिय संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या पनि बढेको छ। हाल आईसीयूमा ११० र भेन्टिलेटरमा २५ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *