बेलायतमा झन् बढ्यो काेराेना सङ्क्रमण, एकै दिन ५१ हजार सङ्क्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २३ मंसिर बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ। बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार  भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन्।यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन्। बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा यहाँ बुधबार मात्र ५१ हजार ३०० […]

Continue Reading

भारतमा थप नौ हजार कोरोना सङ्क्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २३ मंसिर भारतमा हिजो बुधबार नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ। बुधबार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको छ। भारतमा अझै पनि […]

Continue Reading

फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

न्यूज अपडेट संवाददाता एजेन्सी, २३ मंसिर ब्राजिलका फुटबल पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले  केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा विरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ। सेप्टेम्बर ३० […]

Continue Reading

बेलायतमा ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए

न्यूज अपडेट एजेन्सी लन्डन, २२ मंसिर बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार यहाँको मन्त्रिपरिषदको बैठकमा जानकारी गराएका थिए। साथै उनले बेलायतका स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा कसिमला र चेस प्रतियोगिताको उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत कसिमला पायँ र बुद्धिचाल प्रतियोगिताको संयुक्त रुपमा बुधबार दत्तात्रय परिसरमा उद्घाटन गरे । उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका लोपोन्मुख स्थानीय मौलिक खेललाई जीवन्तता दिँदै उक्त खेलहरुको तालिम […]

Continue Reading

हाल लगाइएका भ्याक्सिन ओमिक्रोन भेरियन्टसँग लड्न प्रभावकारी : डब्ल्यूएचओ

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ मंसिर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएको छ । डब्ल्यूएचओको बयान त्यतिबेला आएको हो जब दक्षिण अफ्रिकाको एउटा प्रयोगशालामा परीक्षणपश्चात् ओमिक्रोनमाथि फाइजर खोपको आंशिक असर मात्रै देखिएको रिपोर्ट सार्वजनिक भएको छ ।  तर डब्ल्यूएचओका डाक्टर […]

Continue Reading

करिब १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ मंसिर कोभिड–१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप ल्याउन लागिएको हो। साथै, आगामी आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप ल्याइने विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले […]

Continue Reading

भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिताअन्तर्गत टेक्वाण्डो खेलको नतिजा

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ मंसिर भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबार पनि चालु रह्यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ श्रीपद्म माविमा भएको पोर्टबल प्रतियोगिताको उद्घाटन गरेको थियो । सोही क्रममा उनले भक्तपुर नपा वडा नं. १० मा भएको खो–खो खेलको स्थलगत निरीक्षण पनि गरेको थियो । त्यस्तै गरी […]

Continue Reading

नगर प्रमुख प्रजापतिलाई पुस्तकालय कार्यदलको प्रतिवेदन हस्तान्तरण

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७८ असोज १९ गते बसेको भक्तपुर नगरक्षेत्रभित्रका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको सुधारको लागि सुझाव पेश गर्न गठित कार्यदलले नगर प्रमुख सुनिल प्रजापतिलाई सोमबार पुस्तकालय कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेको छ े । टोलीले भक्तपुर नगरमा रहेका ३२ वटा पुस्तकालयमध्येबाट २६ वटा पुस्तकालयको तथ्यांक स्थलगत […]

Continue Reading

भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा ८०० को सफल मिर्गौला प्रत्यारोपण

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ मंसिर भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यस केन्द्रले नौ वर्षमा यो सफलता हासिल गरेको केन्द्रले जनाएको छ। वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा श्रेष्ठ, वरिष्ठ नेफ्रोलोजिष्ट डा कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट […]

Continue Reading