भारतमा थप नौ हजार कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

एजेन्सी, २३ मंसिरsharethis sharing button

भारतमा हिजो बुधबार नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

बुधबार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको छ। भारतमा अझै पनि ९४ हजार ७४२ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ।

गएको २४ घण्टामा भारतमा आठ हजार २५१ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ९७ हजार ३८८ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *