२४ घण्टामा १२२२२ नमुना परीक्षण गर्दा १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० काे मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १५ भदाै

पछिल्लो २४ घण्टामा देशभर एक हजार २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ११७ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ५२३  र तीन हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ७८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३३ हजार २१४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार ३७७ संक्रमित छन् भने ५३७ जना आइसियुमा र १६४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ३२९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *