अफगानिस्तानमा आईएसमाथि अमेरिकाको ड्रोन आक्रमण

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

एजेन्सी, १२ भदाै

काबुल विमानस्थल विस्फोटका योजनाकार मारिएको दाबी

काबुल विमानस्थलमा खटिएका अमेरिकी सेना

अफगानिस्तानमा  अमेरिकी सैनिकले इस्लामिक स्टेट (आईएस)माथि ड्रोन आक्रमण गरेको छ ।

पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ ।

मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ । आक्रमणमा अन्य साधारण नागरिकहरूलाई कुनै क्षति नभएको अमेरिकी सेनाले बताएको बीबीसीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *