काठमाडौं उपत्यकामा फेरि थपियो निषेधाज्ञा, राति ८ बजेपछि गाडी चलाउन नपाइने प्रावधान हट्यो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, ८ भदाै

काठमाडौं उपत्यकामा पुन: १ साताका लागि निषेधाज्ञा थपिएको छ। यसअघिका केही प्रावधानहरुमा परिमार्जन गर्दै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो।

भदौ ९ गतेदेखि लागू हुने नयाँ निषेधाज्ञामा अब राति पनि गाडी चलाउन पाइने छ। यसअघि राति ८ बजेपछि अत्यावश्यक काम बाहेक सवारी चलाउन पाइँदैन थियो।

स्थानीय ढुवानीका साधनहरु भने बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *