पछिल्लो २४ घण्टामा २५१८ जना संक्रमित निकाे भए, निको हुने दर ९० दशमलब ७ प्रतिशत

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १० असार

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना संक्रमित निको भइसकेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १२ हजार २३२  जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४७ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ७ हजार २३५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५७७  र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा ८९७ जना संक्रमित पुष्टि भएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९१८ जना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *