प्रधानन्यायाधीशमा राणा सिफारिश

विशेष समाचार समाचार

काठमाडौँ, २७ मङ्सिर


प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिए । न्याय परिषद्को बैठकले संवैधानिक परिषदमा प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र राणालाई सिफारिश गरेको थियो । परिषद्ले सिफारिश गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ अनुसार नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
जोशी केही समयअघि संसदीय सुनुवाइमा असफल भए पनि पुनः सिफारिशमा पर्नुभएको थियो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस तेस्रो सातादेखि उमेर हदका कारण अनिवार्य अवकाश लिँदै हुनुुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *