पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ८ असार

पछिल्लो २४ घण्टामा देशभर ४  हजार ५२२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १६ हजार ९१३ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १२ हजार २०४ जनाको पिसिआर र ४ हजार ७०९  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ७०३ जना र एन्टीजेटमार्फत ८१९ जना संक्रमित पुष्टि भएका हुन्।

यो तथ्यांक धौलागिरी अस्पतालबाट पुरामा मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकाले प्रतिवेदनमा एकमुष्ट विवरण समासेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ८१३ जना संक्रमितको मृत्यु भएको छ।

२४ घण्टामा देशभर ४ हजार ५४४जना संक्रमित निको भएका छन्।   नेपाल संक्रमित निको हुने दर ९० दशमलब २ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ६४ हजार ८८२ जना संक्रमित निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *