काठमाडौं उपत्यकामा थपिए ४२७ कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २४ असार

पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ४२७ कोरोना संक्रमित फेला परेका छन्।

उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ४२७ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी २८७ जना रहेका छन्। यसैगरी भक्तपुरमा ५८ र ललितपुरमा ८२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *