पछिल्लो २४ घण्टामा २५४ जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
काठमाडौं, २६ मंसिर


पछिल्लो २४ घण्टामा २५४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार २६८ पीसीआर र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षणका क्रममा २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ४ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ८९० सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार ७७८ पुगेको छ। उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ। हाल ९५ जना क्वारेन्टाइनमा छन्। ११८ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ६९ हजार ५८० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *