काेभिड अस्पतालले मृत्यु भएका व्यक्तिकाे रिर्पोटिङ समयमा गरेनन्ः स्वास्थ्य मन्त्रालय

विशेष समाचार समाचार स्वास्थ्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९का कारण मृत्यु भएका व्यक्तिहरुको अस्पतालहरुले समयमा तथ्यांक राख्ने र  रिर्पोटिङ नगरेकाे जनाएको छ।स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको तथ्यांक नराख्ने यस्ता अस्पतालहरुलाई सचेत गराउने निर्णय गरेको छ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)ले कोरोना संक्रमित मृतकको रिर्पोटिङ नगर्ने अस्पतालहरुलाई सचेत गराउने गर्ने निर्णय गरेको हो।

कोरोनाको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अस्पतालहरुले समयमै तथ्यांक नराख्ने र रिपोटिङ नगर्ने गरेको पाइएको बताउँदै संक्रामक रोग ऐनको दफा ३ बमोजिम कारबाही गर्ने सम्बन्धमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विश्लेषण हेरी सचेत गराउने निर्णय भएको जानकारी दिए।महाशाखाले कोरोनाका कारण मृत्यु भएकाको संख्याको विश्लेषण अनुसार तथ्यांक अध्यावधिक र प्रमाणिकरण गर्ने गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *