देशभर १८९५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १८ जेठ

देशभर हाल १ हजार ८९५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत छन्। १ हजार ४९१ आइसीयू र ४०४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २३४ आइसीयू र ६० भेन्टिलेटरमा, प्रदेश २ मा १२० आइसीयू र ३० जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२१ आइसीयू र २४६ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १४९जना आइसीयू र २८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १७२ जना आइसीयू र २४ जना भेन्टिलेटरमा, कर्णालीमा ५३ जना आइसीयू र ६ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४२ जना आइसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५८७ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १९ आइसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ५ भेन्टिलेटरमा, वीर अस्पतालमा १९ आइसीयू र ५ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू र १७ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४६ आइसीयू र १६ भेन्टिलेटरमा, पाटन अस्पतालमा २३आइसीयू र १३ भेन्टिलेटरमा छन्।

यस्तै, निजामती कर्मचारी अस्पतालमा १२ जना आइसीयू र २ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ६ आइसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ९९ जना आइसोेलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १५ आइसीयू र ५ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू र १३ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ६० आइसीयू र २८  भेन्टिलेटरमा, स्टार अस्पतालमा १० आइसीयू र ३भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मनमोहन अस्पतालमा १३ आइसीयू र २ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १७ आइसीयू र २ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ८ आइसीयू र ४  भेन्टिलेटरमा, किस्ट अस्पतालमा १३ आइसीयू र ५ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ३ आइसीयुमा र धुलिखेल अस्पतालमा ५७ आइसीयू र ८ भेन्टिलेटरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *