मधुमेह रोग रोकथाममा हाम्रो भूमिका

विशेष समाचार समाचार स्वास्थ्य
विष्णुहरि आचार्य 
काठमाडाैं, २६ साउन

बदलिँदो जिवनशैलि,आहारबिहार, बिचार र व्यवहारमा आएको परिवर्तन, शारीरिक निष्क्रियता जस्ता कारणले हाम्रो जस्तो प्राकृतिक सुन्दर देशमा पनि मधुमेह रोगको अवस्था दिनप्रतिदिन बड्दो क्रममा छ। मधुमेहलाई चिनि रोग, सुगर, डाइबिटिज आदि नामले चिन्ने गरिन्छ। सामान्य रुपमा सशीर भारी हुने, मुख सुक्ने, पिसाब लागि रहने, मोटो पन बढ्ने,भोक लागिरहने जस्ता लक्षणका साथ प्रयोशालामा रगत परीक्षण गर्दा रगतमा चिनिको मात्रा आवश्यक भन्दा धेरै देखिएमा मधुमेह भएको मानिन्छ।

मधुमेह मुख्य रुपमा २ प्रकारका हुन्छ्न। प्याङक्रियाजले शरीरमा चाहिने मात्रामा इन्सुलिन उत्पादन गर्न सकेन भने त्यस्तो कारणबाट भएको मधुमेहलाई  टाइप १ डाइबिटिज भनिन्छ भने प्याङ्कृयाजले प्रयाप्त इन्सुलिन पैदा गर्दा पनि रक्तकोषिकाहरुले ग्रहण गर्न नसकेको अवस्थाको मधुमेहलाई टाइप २ डाइबिटिज भनिन्छ। यी दुबै प्रकारका मधुमेहको मुख्य कारण असन्तुलित आहार,शारीरिक निष्क्रियता, अव्यवस्थित दिनचर्या, अनियमित निद्रा र मनको चंचलता नै हो।

घरेलुु उपाय
जिवनशैली परिवर्तन गरी प्राकृतिक दिनचर्याको पालना गर्नु नै मधुमेह रोग न्यूनीकरणको भर पर्दो उपाय हो। सन्तुलित आहार,बिहार, बिचार र व्यवहारमा आएको फरकपनलाई व्यवस्थापन गर्न सके रोग नियन्त्रणमा महत्वपूर्ण पुग्छ।
सन्तुलित आहार दिनमा ५ देखि ६ पटक थोरै थोरै खानु शरीरको लागि अत्यन्तै फाइदा जनक मानिन्छ। १०० ग्राम गहुँ, १००चामल , १०० ग्राम मकै र १०० ग्राम मुगको दाललाई लिएर बोक्रासँगै पिसौँ र एकै ठाउँमा मिसाइ १० ग्राम मेथि, ५ ग्राम तिल , ५ ग्राम ज्वानो र केही मात्रामा हरियो साग मिसाइ दलिया तयार गरौ। उक्त दलियामा हल्का नुन राखि १०० ग्रामको मात्रामा दिनमा चार पटक प्रयोग गरौ। जसले औषधिको समेत काम गरी सन्तुलित आहारको काम गर्दछ।

बिरामी र शरीरको रोगप्रतिरोधक क्षमताको बिचार गरी लौका, काक्रो ,करेला र टमाटरको जुस तयार गरी ५० एम एलको मात्रामा दिनमा २ पटक बिहान बेलुका पर्योग गरौँ। उपलब्ध भएमा अस्वगन्धाको ताजा पात ५ देखि १० ग्राम बिहान बेलुका खानापछि खाउँ। इन्सुलिन प्लान्टको आधा पात बिहान बेलुका प्रयोग गर्न सकिन्छ।नियमित मर्निङ वाकको समय तालिका बनाउँ। मर्निङ वाक गर्दा अन्य सामान्य अवस्थाको हिँडाइ भन्दा ३० देखि ४० प्रतिशत छिटो हिडौँ।

नियमित ३० देखि ४० मिनेट योग गर्ने बानि बसालौ। मन्डुकासन, ससकासन,कपालभाति, सुर्य नमस्कार जस्ता योग प्राणायामले मनमा सकारात्मक उर्जा पर्वाह गर्दै हर्मोन संतुलन कायम राख्न मद्दत गर्दछ्न।
मधुमेह रोगले अनेक जटिलता ल्याउन सक्छ त्यसैले  विशेषज्ञको परामर्श लिदै गरौँ। मनको तनाव व्यवस्थापन गर्न गीत सङ्गितमा रमाउनुका साथै दिनमा केही समय ध्यान गरौ।
(लेखक योग अभियान्ता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पुर्वका कार्यालय प्रमुख हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *