बुधबार काठमाडौं उपत्यकामा ७२३ संक्रमित थपिए,४जना संक्रमितको मृत्यु 

विशेष समाचार समाचार स्वास्थ्य

 न्यूज अपडेट

काठमाडाैं, १७ मंसिर

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२५ महिला र ३९८ पुरुष गरी ७२३ जना कोरोना संक्रमित थपिएका छन्। 

योसँगै उपत्यकामा एक लाख १० हजार ३७९ जना व्यक्ति संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ५३१ , ललितपुरमा ६१ र भक्तपुरमा ५ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २, ललितपुमा २ .जना गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८८ हजार ८३६ जना संक्रमित भएका छन्, जसमध्ये ३८८ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ८१  हजार ७९५ छ।ललितपुरमा १३ हजार ४९३ जना संक्रमित भएका छन्। जसमा ११६ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९७३ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५३ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ३८५ जना निको भइसकेका छन्।

आज काठमाडौमा ६ हजार ६५०, ललितपुरम १ हजार ४०४ र भक्तपुरमा ५७५ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर १ हजार ४९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ३६ हजार २४६ पुगेको छ। २४ घण्टामा १ हजार ५६७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख १८ हजार ज्ञ६१ पुगेको छ।

आज देशभर १६ हजार ५४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ५३८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *