औषधि कालोबजारीकाे आरोपमा विराटनगरबाट मेडिकल संचालक पक्राउ

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १७ जेठ

औषधि कालोबजारी गरेकाे आरोपमा मोरङकाे विराटनगर–१५ रानी स्थित जनता मेडिकल स्टोरका संचालकलाई प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीले  कालोबजारी अभियाेगमा सोही स्थान बस्ने ३५ वर्षीय रविकुमार रजकलाई पक्राउ गरेको हाे।

आइतबार दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा रजकलाई पक्राउ गरेकाे हाे।

साथै,  प्रहरीले रजककाे कोठाबाट फिजिसियन स्याम्पलका औषधि, मुटुसम्बन्धी राेगका औषधि, पेनकिलर, एन्टिबाइटिक, इन्जेक्सन, बच्चाको कफसम्बन्धी औषधि र सेनीटाइजरलगायत बरामद गरेकाे प्रहरीले जनाएकाे छ।

उनले औषधि भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *