स्वास्थ्यमा ७ दशमलव ४५ प्रतिशत बजेट, हालसम्मकै धेरै (१३ वर्षको बजेट)

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १५ जेठ

कोरोना भाइरसको महामारीपछि स्वास्थ्य क्षेत्रमा बजेटको आकार बढेको छ। तर खोप खरिद, कोभिड उपचार तथा नियन्त्रणबाहेक स्वास्थ्यका अन्य क्षेत्रमा भने बजेट कम मात्रामा छुट्याइएको छ।

कोरोना भाइरसको महामारीपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बढ्ने अपेक्षा थियो। विज्ञहरुले पनि विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार नै कुल बजेटको १० प्रतिशत हाराहारीमा आउने अनुमान गरेका थिए।

तर, बजेटले फेरि जनस्वास्थ्य विज्ञलाई निराश बनाएको छ। आगामी आर्थिक वर्षका लागि सरकारले कूल बजेटको जम्मा ७ दशमलव ४५ प्रतिशत बजेट छुट्याएको छ। यो चालु आर्थिक वर्षको बजेटभन्दा १ दशमलव ३ प्रतिशत बढी हो। चालु आर्थिक वर्षमा ६ दशमलव १५ प्रतिशत बजेट छुट्याएको थियो।

सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। उक्त बजेटमा स्वास्थ्य क्षेत्रका लागि सरकारले १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ छुट्याएको छ।

बजेटको अंकको आधारमा आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षमा भन्दा ३२ अर्बभन्दा बढी हो। चालु आर्थिक वर्षमा स्वास्थ्यमा ९० अर्ब ६९ करोड बजेट बिनियोजन गरिएको छ।

यो पटक छुट्याइएको बजेट स्वास्थ्यमा हालसम्मकै धेरै हो। यसअघि ८ वर्ष पहिले स्वास्थ्यले कुल बजेटको ७ प्रतिशतभन्दा बढी बजेट पाएको थियो। आर्थिक वर्ष २०६७/६८ मा कुल बजेटको ७ दशमलव ४ प्रतिशत बजेट बिनियोजन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *