आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज  अपडेट

काठमाडाैं, ९ जेठ

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार २ सय ४१ पुगेको छ। गत २४ घण्टामा मात्र ७ हजार ९ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा १४, उदयपुरमा ४८, ओखलढुंगामा ६, खोटाङमा ८, झापामा १४८, ताप्लेजुङमा १३, तेह्रथुममा ३, धनकुटामा ६, पाँचथरमा ५, भोजपुरमा ६, मोरङमा ३८३, संखुवासभामा ५, सुनसरीमा १२१ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ९६, पर्सा ३७, बारामा १५७, महोत्तरीमा ६०, रौतहटमा १३, सप्तरीमा ५९, सर्लाहीमा २१ र सिरहामा ८६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १७२, चितवनमा २४, दोलखामा १४, धादिङमा ६७, नुवाकोटमा ३८, भक्तपुरमा ३६६, मकवानपुरमा ११२, रसुवामा ४, रामेछापमा ४१, ललितपुरमा ६९४, सिन्धुपाल्चोकमा १५५ र सिन्धुलीमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४०१, गोरखामा ५८, तनहुँमा ६४, नवलपरासी पूर्वमा ५३, पर्वतमा ८, मुस्ताङमा २, म्याग्दीमा १४४, लमजुङमा ३२, बागलुङमा ३९ र स्याङजामा ११२ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा १३२, गुल्मीमा ६३, दाङमा १०९, नवलपरासीमा ४०, पाल्पामा ८०, प्युठानमा ३, बर्दियामा २७१, बाँकेमा १३७,रुपन्देहीमा ४२९ र रोल्पामा १२ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ३८, जाजरकोटमा ६, जुम्लामा ३, डोल्पामा ९, दैलेखमा ३, मुगुमा १, रुकुम पश्चिमा ८, सल्यानमा ४९ र सुर्खेतमा २३९ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ९६, कञ्चनपुरमा ३६, कैलालीमा ५०, डडेल्धुरामा १८, डोटीमा ५२, दार्चुलामा ३, बझाङमा १, बाजुरामा ३ र बैतडीमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *