२२०५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ९ जेठ

देशभर हाल २ हजार २ सय ५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ७ सय २१ आइसीयू र ४८४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार २ हजार २ सय ५५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा २५५ आइसीयू र ५८ भेन्टिलेटरमा, प्रदेश २ मा १९७ आइसीयू र ५१ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ८६९ आइसीयू र ३०८ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १४४ जना आइसीयू र २७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १५५ जना आइसीयू र २१ जना भेन्टिलेटरमा, कर्णालीमा ५९ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४२ जना आइसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ६८१ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २० आइसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ३ भेन्टिलेटरमा, वीर अस्पतालमा ३५ आइसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २६ जना आइसीयू र ६ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४६ आइसीयू र २५ भेन्टिलेटरमा, पाटन अस्पतालमा २४ आइसीयू र १५ भेन्टिलेटरमा छन्।

यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसीयू, भक्तपुर अस्पतालमा ६ आइसीयू र १ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ९२ जना आइसोेलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १८ आइसीयू र ८ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू र १४ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ८२ आइसीयू र ३९ भेन्टिलेटरमा, स्टार अस्पतालमा १४ आइसीयू र ८ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मनमोहन अस्पतालमा १४ आइसीयू र ६ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १६ आइसीयू र २ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ३६ आइसीयू र १४ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १४ आइसीयू र १४ भेन्टिलेटरमा, धुलिखेल अस्पतालमा ५३ आइसीयू र ६ भेन्टिलेटरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *