तिब्बतद्वारा नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजनसहितका स्वास्थ्य उपकरण हस्तान्तरण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ६ जेठ

चीनको तिब्बतले नेपाललाई स्वास्थ्य उपकरण र अक्सिजन सहयोग गरेको छ।

बिहीबार एक कार्यक्रमको आयोजना गरि ती सामाग्री नेपाललाई हस्तान्तरण गरिएको हो।

तिब्बतले नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजन, भरिएका ८ सय थान अक्सिन सिलिण्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।

त्यस्तै ५ वटा भेन्टिलेटर र २ सय वटा आइसीयू बेड तथा १५ हजार एन्टिजेन किट सहयोग हस्तान्तरण गरेको नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *