आज बजेट भाषण: स्वास्थ्यमा एक खर्ब आउने अनुमान

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १५ जेठ

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्दै छन्। संवैधानिक व्यवस्था अनुसार संसदमा पेस हुनु पर्ने बजेट अध्यादेश जारी गर्दै अर्थमन्त्री पौडेलले एक कार्यक्रमबीच पढ्न लागेका हुन्।

अर्थमन्त्री पौडेलले आज आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्बभन्दा बढीको बजेट सार्वजनिक गर्ने बताइएको छ।

कोभिड-१९ का कारण यसपटक खोप खरिद, स्वास्थ्य पूर्वाधार निर्माण लगायतका क्षेत्रमा बढी बजेट आउने अर्थ मन्त्रालय स्रोतको भनाई छ। स्रोतका अनुसार यसपटक स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब बजेट आउने छ।

स्वास्थ्यले ६३ अर्बको बजेट सिलङ पाएको थियो। तर कोभिड संकटका कारण यसको रोकथाम, उपचार, नियन्त्रणका लागि बजेटको आकार बढ्ने अनुमान गरिएको छ।

बजेटमा स्वास्थ्यकर्मीको कोभिड भत्ताका विषय पनि समावेश भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *