पछिल्लो २४ घण्टामा ८३०५ जना कोरोना संक्रमित थपिए, १९० जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ जेठ

आज देशभर ८ हजार ३०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार २२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ६ हजार ५४३ जना संक्रमित निको भएका छन्। देशभर ९३२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *