मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ बैशाख

नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ। गत २४ घण्टामा मात्र ७ हजार ६ सय ६० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५९ हजार ७९८जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा ९, उदयपुरमा १०, ओखलढुंगामा १६, खोटाङमा ३, झापामा १७४, ताप्लेजुङमा ५, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा ५, भोजपुरमा १, मोरङमा २४६, संखुवासभामा ५, सुनसरीमा १२४ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १०४, पर्सा ११२, बारामा ३६, महोत्तरीमा ६५, रौतहटमा २६, सप्तरीमा ३२, सर्लाहीमा ३२ र सिरहामा २८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ११७, चितवनमा २२६ दोलखामा २२, धादिङमा ७५, नुवाकोटमा ८३, भक्तपुरमा ५१३, मकवानपुरमा ६९, रसुवामा ९, रामेछापमा २४, ललितपुरमा ६०१, सिन्धुपाल्चोकमा २८ र सिन्धुलीमा ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २४७, गोरखामा ३८, तनहुँमा २०, नवलपरासी पूर्वमा ३५, पर्वतमा १७, लमजुङमा २३, म्याग्दीमा ११, लमजुङमा २०, बागलुङमा ७ र स्याङजामा २० जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६४, गुल्मीमा २६, दाङमा २०१, नवलपरासीमा २१, पाल्पामा ४८, प्युठानमा १२, बर्दियामा २८, बाँकेमा १९२, रुकुम पूर्वमा ४, रुपन्देहीमा ३६९ र रोल्पामा १७ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ४, जुम्लामा, जागरकाेटमा ७, जुम्लामा १८, डाेल्पामा २,  दैलेखमा ३४, मुगुमा २, रुकुम पश्चिममा ३, सल्यानमा १८, सुर्खेतमा १२४ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ३०, कञ्चनपुरमा १२, कैलालीमा १४०, डडेल्धुरामा ४७, डोटीमा ५०, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ४२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *