काठमाडौंमा बिहान २ घण्टा मात्रै पसल खोल्न पाइने, अरु के केमा रोक लगाइयो?

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २१ बैशाख

काठमाडौं उपत्यकामा किराना, तरकारी तथा फलफूल लगायतका अत्यावश्यकीय पसल बिहान २ घण्टा मात्रै  खोल्न पाइने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै पसल खोल्न दिने निर्णय गरेको हो। यसअघि साँझ ५ बजेदेखि ७ बजेसम्म पनि यस्ता पसल खोल्न दिने गरिएको थियो।

यस्तै, जारी निषेधआज्ञा आगामी वैशाख २९ गतेसम्म थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । नागरिकलाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अनुरोध गरिएको छ।

बैंक तथा वित्तीय क्षेत्रमा सीमित कर्मचारी राखेर चलाउन दिने निर्णय भएको सीडीओ पराजुलीले बताए। अत्यावश्यक सवारीमा अनिर्वाय पासको व्यवस्था गरिएको र पास नभएका सवारीलाई गुड्न नदिने निर्णय भएको पराजुलीले बताए ।

यस्तै, सरकारी कार्यालयमा ४० प्रतिशत कर्मचारी राखेर मात्रै सञ्चालन गर्न भनिएको छ। सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको परिचय पत्र अनिवार्य गरिएको छ। ठेलागाडामा सञ्चालित व्यवसाय समेत बन्द गराउने निर्णय भएको  प्रमुख  जिल्ला अधिकारी पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *