काठमाडौं उपत्यकामा एकैदिन थपिए ३८९३ संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २१ बैशाख

काठमाडौं उपत्यकामा एकैदिन (मंगलबार) ३ हजार ८ सय ९३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएको छ।

विभिन्न प्रयोगशालाहरुमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका ३ जिल्लामा गरी ३ हजार ८ सय ९३ जना संक्रमित थपिएका हुन्।

मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७७९ छन्। यस्तै, ललितपुरमा ६०१ र भक्तपुर जिल्लामा ५१३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा १९४ जना संक्रमित आइसियु र ७७ जना भेन्टिलेटरमा छन्। १ हजार २ सय १७ जना आइसोलेसनमा छन्।

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आइसियु, ८ भेन्टिलेटर र १७० जना आइसोलेसनमा छन्। वीरेन्द्र अस्पताल छाउनीमा १९ जना आइसियु र ६४ जना आइसोलेसनमा, वीर अस्पतालमा ५ जना आइसियु, ३ भेन्टिलेटर र ९६ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा १७ आइसियु, १२ जना भेन्टिलेटर र १५८ जना आइसोलेसनमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १२ जना आइसियु, १० भेन्टिलेटरमा र ७२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३५ आइसियु, ७ भेन्टिलेटर र १४६ जना आइसोलेसनमा, पाटन अस्पतालमा १२ आइसियु, ९ भेन्टिलेटर र १०१ जना आइसोलेसनमा छन्।

यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसियु र ४५ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ५ आइसियु, ८ भेन्टिलेटर र ५७ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १३७ जना आइसोलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ११ जना आइसियु, ४ जना भेन्टिलेटरमा र ४१ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा २१ जना आइसियु, ६ जना भेन्टिलेटरमा र ८७ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ३१ आइसियु, १० भेन्टिलेटर र ४३ जना आइसोलेसनमा, स्टार अस्पतालमा ४ आइसियु, २ भेन्टिलेटर र २१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

१६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *