भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खो खो प्रतियोगिता सम्पन्न

खेलकूद विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, ३ चैत्र


भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. १० को आयोजनामा भएको भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खोखो प्रतियोगिता मंगलबार लामगाल चउरमा सम्पन्न भयो । कार्यक्रममा उपप्रमुख जोशीले प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल वितरण गरेको थियो ।
खोखो छात्रतर्फको खेलमा विद्या आर्जन स्कूल प्रथम, प्रभात इङ्गलिस स्कूल दोस्रो, बाल विकास इङ्गलिस स्कूल र शारदा माविले तेस्रो स्थान हासिल गर्न सफल भए भने छात्रा खोखो खेलतर्फ बागीश्वरी मावि प्रथम, बालविकास सेकेन्डरी दोस्रो, बासु मावि र वाइजल्याण्ड सेकेन्डरी स्कूलले तेस्रो स्थान हासिल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *