दश वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको मस्यौदा तयार, यस्ता छन् पाँच रणनीति र ३० कार्यनीति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २ पुस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रको दश वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ल्याउने भएको छ। मन्त्रालयले रणनीतिको प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ। मन्त्रालयले राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८-२०८८ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको हो।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न, लगानीलाई थप पारदर्शी र लागत प्रभावकारी बनाउन तथा वित्तीय अनुशासनलाई सुदृढ गर्न रणनीति ल्याउन लागेको हो। नागरिकको स्वास्थ्य सेवामा समतामुलक पहुँच र उपयोग वृद्धि गरी समग्रमा स्वास्थ्यमा हुने व्यक्तिगत खर्च कम गरी समग्र स्वास्थ्य प्रणालीलाई सवलीकरण गर्न राष्ट्रिय स्वास्थ्य वित्त रणनीति आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्त व्यवस्थापन गर्ने लक्ष्य रणनीतिमा राखिएको छ।

यस्तै, स्वास्थ्य सेवाका लागि वित्तीय स्रोत सुनिश्चित गरी कुशल वित्त व्यवस्थापन गर्नु र नागरिकको वित्तीय जोखिम कम गरी गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्य रणनीतिको मस्यौदमा छ।

मस्यौदामा मुख्य पाँच वटा रणनीतिहरु छन् भने त्यस अन्तर्गत ३० वटा कार्यनीति रहेका छन्।

रणनीति कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहमा समिति समेत बन्नेछन्।

रणनीतिमा स्वास्थ्यको बजेट १० प्रतिशत पुर्‍याउने कुरा पनि उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *