नगर प्रमुख प्रजापतिद्वारा कोभिड १९ विरुद्धको खोप केन्द्र निरीक्षण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, २८ फागुन


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार भक्तपुर नगरपालिकाभित्र कोभिड १९ विरुद्धको खोप सञ्चालन भइरहेका स्वास्थ्य केन्द्रहरुको स्थलगत निरीक्षण गरे । निरीक्षणका क्रममा उनले जनस्वास्थ्य सेवा केन्द्र, च्याम्हासिंह, सिद्धि स्मृति महिला तथा बाल अस्पताल, भेलुखेल, जनस्वास्थ्य सेवा केन्द्र, भगवतीस्थान, भक्तपुर अस्पताल, दुधपाटी र इवामुरा अस्पताल, सल्लाघारीमा स्थलगत निरीक्षण गर्नुभई त्यहाँको यथार्थ विवरणबारे जानकारी लिए । भक्तपुर नगरपालिकाभित्र कोभिड १९ रोगविरुद्ध पहिलो चरणको खोप लगाउने अभियान २०७७ साल फागुन २३ गते आइतबारदेखि सुरु भइरहेको छ भने ६५ वर्ष उमेरदेखिका ज्येष्ठ नागरिकहरुलाई लगाइने उक्त खोप माथि उल्लेखित स्वास्थ्य केन्द्रहरुबाट पायक पर्ने केन्द्रबाट प्रदान भइरहेको छ ।


निरीक्षणका क्रममा उनले केन्द्रका स्वयम्सेवक तथा स्वाथ्यकर्मीहरुसँग खोप लिएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यसम्बन्धी तथ्य तथ्यांक सम्बन्धी बुझ्ेको थियो । उनले कोभिड १९ विरुद्धको खोप नगरबासीहरु सबैले खोप लिई उक्त रोगबाट सुरक्षित बनाउन जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य पालनाको लागि निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *