मिस्टीक माउन्टेन, होटल कन्ट्रीभिल्ला, क्लबहिमालय नगरकोटका बास बस्ने उत्कृष्ट होटलहरु

अर्थ/वाणिज्य पर्यटन समाचार

भक्तपुर, २९ माघ


नगरकोटमा बस्नेगरि जाँदै हुनुहुन्छ ? कुन होटलमा बस्ने योजना बनाउनु भएको छ ? यदि जाँदै हुनुहुन्छ भने सरकारले भिजिट नेपाल, २०२० लाई प्रवर्द्धन गर्न पर्यटकीय स्थल नगरकोटका होटललाई स्तरीकरण गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन तथा निरीक्षण गरेर नगरकोटका ४६ वटा होटललाई ‘खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्वन्धी निर्देशिका, २०७४ अनुसार स्तरीकरण गरेको हो। स्तरीकरण भएका होटल तथा रेष्टुरेन्टलाई लोगो वितरण गरिसकेको मन्त्रालयका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए। उनका अनुसार तीन स्टार भएको हरियो स्टिकर पाएका होटल अतिउत्तम, दुई स्टार भएको हरियो स्टिकर पाएका होटल उत्तम, एक स्टार भएको हरियो स्टिकर पाएका होटल सन्तोषजनक र पहेंलो स्टिकर पाएका होटल सामान्यमा वर्गिकरण भएका छन्। नगरकोटको पर्यटकीय स्थल मण्डन देउपुर को मिस्टिक माउन्टेन, होटल कन्ट्री भिल्ला र क्लब हिमालय अतिउत्तम होटल अन्तर्गत परेका छन्। यी होटलले तीन स्टार भएको हरियो स्टिकर पाएका छन्। होटल हिमालयन भिल्ला र बोजिनि नगरकोट रिसोर्ट उत्तम अन्तर्गत परेका छन्। यी होटलले दुई स्टार भएको हरियो स्टीकर पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *