लेखक कलाकार भेटघाट कार्यक्रम सम्पन्न

विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २१ फागुन


पत्रकार समाज नेपालको आयोजनामा लेखक कलाकार भेटघाट कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्षले लेखन शैली राम्राे बनाउन र निरन्तर लेखन कार्य गर्न प्रेरित गर्नुपर्ने बताए । उनले मजदुर र श्रमिक पत्रिकामा समालोचककाे कमी भएकाे बताए ।


कार्यक्रमका सभापति एवं पत्रकार समाज नेपालका उपाध्यक्ष उद्धव सुजखुले पत्रिकाकाे गुणस्तरमा परिमार्जन र परिष्कृत पार्दैजाने बताए । प्राध्यापक समाज नेपालका अध्यक्ष एवं श्रमिक साप्ताहिकका सम्पादक सराेजराज गाेसाइले विचारमा समस्या नभएपनि लेखनशैली, भाषिक शुद्धता र व्याकरणिक शुद्धतामा समस्या रहेकाे बताए । उनले मजदुर र श्रमिक पत्रिकामा जनताकाे सहयाेग रहेकाे कारण निरन्तर प्रकाशन गर्न सकेकाे बताए । साथै उनले नेपालका हरेक पत्रिका निष्पक्ष नभएकाे र कुनै न कुनै वर्गकाे सेवामा लाग्ने बताए ।


कार्यक्रममा निरज लवजू, दिनेश प्रधान, गंगाराम ज्याख्व, हरिसुन्दर सुवाल, राजन फाँजू, मिनबहादुर बाटा, कृष्णकुमार वैद्य, याेगेन्द्रमान विजुक्छें, अनिता जधारी, सविना श्रेष्ठ, विश्वराम प्रजापति, प्रेम प्रजापतिलगायतले मजदुर र श्रमिक पत्रिकाकाे स्तरीयता र लेखन क्षेत्रमा प्रतिवद्धताका साथ सुझाव दिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *