वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट
भक्तपुर, २१ फागुन


वागीश्वरी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत नवागन्तुक विद्यार्थीहरुले कक्षा ११ मा विज्ञान, मानविकी तथा शिक्षा सङ्कायमा अध्ययनरत नवागन्तुक विद्यार्थीहरुलाई शुक्रबार ब्रम्हायणीस्थानमा स्वागत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरु देशको कर्णधार भएकोले सरकारद्वारा गरिने देशविरोध कदमको विरोध गर्न तयार हुनुपर्ने बताए ।
वागीश्वरी आत्मनिर्भरताको सिद्धान्तमा विश्वास गर्ने शैक्षिक संस्था भएको बताउँदै उनले विद्यार्थीहरुले पनि पढाइसँगै देश र जनताको सेवा गर्ने भावना आत्मसात गर्नुपर्ने बताए ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरु शुरुदेखि नै अध्ययनमा मिहिनेती हुनुपर्ने बताउँदै वागीश्वरीको प्रतिभाका कारण आज देशभर परिचय स्थापित भएको औल्याए ।
विद्यालयका +२ संयोजक ज्ञानसागर प्रजापतिले उच्च शिक्षा अध्ययनको थलोको रुपमा वागीश्वरीलाई चुनेकोमा धन्यवाद व्यक्त गर्दै वागीश्वरी माविले आफूसँगसँगै आफूभन्दा कमजोर विद्यालयलाई सुधार गरी निरन्तर सहकार्य गरिरहेको बताए ।
विद्यालयका सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवालले वागीश्वरीबाट उत्तीर्ण गरेका विद्यार्थीहरुले विभिन्न क्षेत्रमा राम्रो कार्य गरिरहेको दृष्टान्त प्रस्तुत गर्दै विद्यार्थीहरुले विद्यालयबाट सञ्चालित परीक्षालाई अनुशासित र मर्यादित भएर दिनुपर्ने स्पष्ट पारे ।
कार्यक्रममा प्रा.डा. सिद्धिवीर कर्माचार्य, शिक्षिका निरु ताल्चाभडेल र विद्यार्थी रितृष्णा दुवालले पनि बोलेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक गतिविधिहरु समेत देखाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *