मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

समाचार

काठमाडौं, १९ असार


नेपालमा मनसुनको प्रवेशको घोषण भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन जल तथा मौसम पूर्वानुमान महाशाखाले असार ५ गते मनसुन भित्रिएको घोषण गरेका थिए ।
मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन ३÷४ दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा मध्य भारतमै रहेकोले मनसुन कमजोर भएको महाशाखाका मौसमविद् राजु प्रधानाङले बताए । उक्त प्रणाली बिस्तारै नेपालसम्म आई पुग्न ३÷४ दिन लाग्नेछ भनी मौसमविद्ले बताए । अहिले मनसुन कमजोर अवस्थामा रहेकाले हल्का र क्षणिक वर्षा मात्रै भएको बताइएको छ ।
तत्काल भारी वर्षाको सम्भावना नरहेकोले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौ उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि मध्याहनमा चर्काे घाम लाग्ने र दिउँसो बदली र घाम लाग्ने क्रमले गर्दा उपत्यकामा बढी गर्मी महसुस गरिएको छ । तीन दिनयता काठमाडौ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेकोमा आज ३१ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ ।
राती देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।मध्य र पश्चिमको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *