भक्तपुर नगरपालिकामा कृषक भेला सम्पन्न

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, २१ पुस


भक्तपुर नगरपालिकाद्वारा गठित कृषि समितिको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मंगलबार कृषकहरूको भला सम्पन्न भयो ।
भेलामा नगर प्रमुख प्रजापतिले नेपाल सरकारले शिक्षामा जस्तै नवउदारवादी नीति लिएजस्तै कृषिमा पनि विदेशी पूँजी भित्राउनको लागि नवउदारवादी नीति लिएको बताए । नेपाल सरकारको मन्त्रिपरिषद्ले कृषिमा विदेशी पूँजी लगानी गर्न पाउने र यसरी लगानी गरी उत्पादन भएको सतरी प्रतिशत कृषि उत्पादन विदेशमा निर्यात गर्न पाउने र तीस प्रतिशत नेपालमा नै बिक्री गर्न पाउने प्रावधानले नेपाली किसानहरू धारासायी हुँुदै जाने बताए । भक्तपुर नगरपालिकाले कृषकहरूको आर्थिक समृद्धिको लागि विभिन्न कृषिसँग सम्बन्धित तालिमहरु सञ्चालन गर्दै आएको बताउदै उनले किसानहरु आत्मनिर्भर भएर अगाडि बढेमा वास्तविक रुपमा किसानहरूले लाभ प्राप्त गर्ने र दिगो हुने बताए ।


उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले किसानहरू राजनैतिक रुपमा सचेत र संगठित भएमामात्र आर्थिक रुपमा पनि सबल हुने बताए ।
कार्यक्रममा भनपा वडा नं. ३ का वडाध्यक्ष तथा कृषि समितिका संयोजक राजकृष्ण गोराले नेपाल सरकारबाट प्राप्त अनुदानलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।
भनपा ६ नं. वडाध्यक्ष हरिराम सुवालले किसानहरूको आर्थिक अवस्था बढाउनको लागि भक्तपुर नगरपालिका लागिरहेको बताए ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, कृषि प्राविधिक सबिन ख्याजु, कृषकहरु श्री पूर्णभक्त सुवाल, राधेश्याम सुवाललगायतले पनि आ–आफ्नो भनाई राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *