न्यूज अपडेट
भक्तपुर, १९ फागुन

भक्तपुरको गोल्मढीमा रहेको सहलह बचत तथा ऋण सहकारी संस्था लि ले वि सं २०७७ फागुन १५ गते शनिबार समितिको आयोजनामा एकदिने दही बनाउने तालिम सम्पन्न गरेको छ । उक्त तालिममा ३० जना प्रशिक्षार्थीहरु सहभागी भई दही बनाउने तालिम लिइएको हो । यस तालिमको संयोजक महिला उपसमितिबाट भएको हो । उक्त तालिम शनिबार बिहान ७ बजे सुरुवात गरी पहिलो चरण बिहान १० बजे समाप्त गरेको थियो भने दोस्रो चरण दिउँसो २ बजे सुरुवात गरेको थियो । यस चरणमा पूर्णरुपमा दही जमी प्रशिक्षार्थीहरुलाई स्वाद लिन दिइएको थियो ।

दिउँसोको कार्यक्रममा अध्यक्ष श्याम तजलेले यस तालिमलाई तालिमकै रुपमा नलिई व्यावसायिक रुपमा लान जोड दिए । त्यसको लागि आवश्यक आर्थिक सहायता यस संस्थाले दिने उनले बताए । यस्तै उनले आउँदो दिनमा कार्यक्रम र तालिम गर्दैजाने जानकारी दिए । उनले उक्त तालिमलाई व्यावसायिक रुपमा लैजान जोड दिए ।
