नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशनसहित ४१ करदातालाई राजस्व तिर्न महानगरको १० दिने अल्टिमेटम

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ५ असाेज

काठमाडौं महानगरले नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशनसहित ४१ करदातालाई राजस्व तिर्न महानगरको १० दिने अल्टिमेटम दिएको छ।

महानगरपालिकाले नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशनसहित सिभिल मल, वरूण वेभरेज, सिद्धार्थ वनस्थली स्कुलसहित ४१ व्यवसायिक भवनलाई कर तिर्न सूचना जारी गरेको छ।

महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै नियमानुसार बुझाउनुपर्ने घरजग्गा र सम्पत्ति कर १० दिन भित्र बुझाउन आग्रह गरेको छ।
महनगरले १० दिन भित्रमा सम्बन्धित वडा कार्यालयमा गएर घरजग्गार सम्पत्ति कर र सोको जरिवाना बुझाउन आग्रह गरेको हो।

महानगरले बहालमा लगाएको भए बहालमा लिने दिने बीच भएको सम्झौतामा उल्लेखित रकमको १० प्रतिशतले हुन आउने बहाल करसहित बुझाउन अनुरोध गरेको छ। १० दिन भित्रमा नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गर्ने भनेको छ।

जय नेपाल हल, हात्तीसार, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *