कौशी खेतीतर्फ बढ्न थाल्यो आकर्षण

अर्थ/वाणिज्य विशेष समाचार समाचार

रिता सुवाल
भक्तपुर, १८ माघ


भक्तपुर काठमाडाैंका गोपाल श्रेष्ठका अनुसार कौशी खेतीका कारण आफ्नो घरमा पहिला झै तरकारी, फलफूल लगायत फूलविरुवाहरुको समस्या केही हदसम्म कम भएको उनको भनाइ छ । केही वर्ष अघि दाजुभाइको अंशबण्डाका कारण भएको खेत पनि सिध्यो र सम्पत्तिको नाममा आफ्नै पाँच आनामा बनाएको घर मात्र भएको जसले गर्दा पहिला झै खेतिबारी गर्न नपाउँदा तरकारीको समस्यालाई केही हदसम्म न्यूनीकरण गर्न बिकल्पको रुपमा कौशी खेतीमा आफ्नो आकर्षण बढेको उनले बताए ।
यसरी कौशी खेती गर्दा आफू धेरै रमाएको उनको भनाइ छ । आफूूले उक्त कौशी खेती गर्न भन्दा पहिला विभिन्न संस्थाले उपलब्घ गराएको विभिन्न तालिम पनि लिएको र जसले गर्दा आफूमा कौशी खेती सम्बन्धी केही ज्ञान भएको उनले स्पष्ट पारे । मौसम अनुसार तरकारी, फलफूलहरु उमारेर आफ्नै कौशीको ताजाताजी तरकारी फलफूलहरु खाँदा आफूलाई अझ आनन्द र सन्तुष्ट प्राप्त हुने उनको भनाइ छ । उनका अनुसार आजभोली प्रायः सम्पूर्ण नगरमा बस्ने व्यक्तिहरु कौशीतर्फ नै लागेका छन् र आफूलाई आवश्यक तरकारीहरु आ–आफैले उत्पादन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *