मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २० माघ

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ। गत २४ घण्टामा १७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४०० जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को झापामा एकजना, मोरङमा २ र सुनसरीमा ४ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को रौतहटमा २ र सप्तरीमा  एकजनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५७ जनामा कोरोना पुष्टि भएको छ।यस्तै, चितवनमा २८, धादिङमा एकजना, नुवाकोटमा ४, भक्तपुरमा ३, मकवानपुरमा २ र ललितपुरमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २७, गोरखामा एकजना, तनहुँमा २, नवलपरासी पूर्वमा ४, लमजुङमा एकजना र बागलुङमा एकजनामा  कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको कपिलवस्तुमा एकजना, दाङमा एकजना, नवलपरासीमा एकजना, पाल्पामा ५, बर्दिया ३, बाँके ५ र रुपन्देहीमा एकजनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेशको कैलालीमा ४, डोटीमा ३ र बझाङमा एकजनामा कोरोना संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *