खोप अभियानको चौथो दिन: १४ हजार ८९४ जनाले लगाए कोरोना विरुद्धको खोप

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ माघ

कोभिड १९ विरुद्धको खोप अभियानको चौथो दिनसम्ममा ६४ हजार ४ सय २२ जनाले खोप लगाएका छन्। ७७ जिल्लाका १ सय ४३ खोप केन्द्रहरुबाट आज १४ हजार ८ सय ९४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये प्रदेश १ मा  १ हजार ५ सय ४७, प्रदेश २ मा २ हजार १ सय १०, बागमतीमा ५ हजार ४ सय २, गण्डकीमा १ हजार ८ सय ८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनाले खोप लगाएका छन्।

खोप पश्चात अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापनका लागि देशभरीबाटै विज्ञ चिकित्सकहरु परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

हरेक अस्पतालहरुमा संभाव्य घटनाहरुको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरुको समुचित व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार खोप लगाएका केही व्यक्तिहरुमा सामान्य असरहरु देखिएपनि ती असरहरु केही समयपछि आफै निको भएको छ। यद्यपि हालसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको छैन। ढुक्क भएर खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ।

वृद्धाश्रम र कारागारमा रहेका लक्षित व्यक्तिहरुलाई खोप लगाउनका लागि खोपको उचित तापक्रम सुनिश्चित गरी सम्बन्धित संस्थामै गएर लगाउने व्यवस्था मिलाउन पनि मन्त्रालयले खोप समन्वय तथा अनुगमन समिति र स्वास्थ्य कार्यालयहरुलाई मन्त्रालयले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *