३७८९ कोरोना परीक्षणमध्ये ५५३ मा संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २२ साउन

पछिल्लो २४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ४० पीसीआर र १ हजार ७४९ जनाको एन्टीजेन परीक्षणका क्रममा ५५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४३३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७२ हजार ४९७ पुगेको छ। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। देशभर हाल ५ हजार ६५९ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *