हनुमानघाटमा माधव नारायणका व्रतालु

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, १५ माघ

आजदेखि श्री स्वस्थानी व्रत तथा माधव नारायण मेला शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) लाग्ने मेलामा साँखुको शाली नदीको बढी चर्चा हुने गर्छ । तर शाली नदीको जस्तै महत्व भक्तपुरको हनुमानघाटको पनि छ ।

हनुमान घाटमा पौष शुक्ल पूर्णिमाको बिहानै स्नान गर्ने तथा माधव नारायणको पूजा गर्नेहरुको घुइँचो लाग्छ ।

माधव नारायण भगवान विष्णुको अर्को नाम हो । विष्णुलाई १२ महिनामा १२ वटा नामले पुकारिन्छ र पूजा गरिन्छ । बैशाखमा मधुसुदन, जेठमा त्रिविक्रम, असारमा वामन, साउनमा श्रीधर, भदौमा ऋषिकेश, असोजमा पद्मनाभ, कात्तिकमा दामोदर, मंसिरमा केशव, पुसमा नारायण र माघ महिनामा माधव नारायणको नामले पूजिन्छ । यसैगरी फागुनमा गोविन्द र चैतमा पुरुषोत्तम विष्णुको नामले पूजिन्छ ।

माघ महिनामा नारायणको नाम माधव हुने भएकाले स्वस्थानीसँगै माधव नारायणको व्रत, पूजा र उपासना गरिन्छ । यसमा खासगरी पुरुषहरु पनि व्रत बस्ने र पूजा गर्ने गर्दछन् ।भक्तपुरको हनुमानघाट र साँखुको शालीनदीस्थित माधव नारायणको मन्दिरमा कठोर पूजामा विशेषतः केटा मानिसहरु व्रत बस्ने र पल्टिमार्दै धार्मिक यात्रा पूरा गर्नुपर्ने कठोर क्रियाकलाप हुने गर्दछ ।

स्वस्थानी र माधवनारायणका व्रतालुहरु परदेश यात्राअन्तर्गत काठमाडौंको साँखुस्थित शालीनदीबाट भक्तपुरको चाँगुनारायण मन्दिरसम्म आउँछन् ।

व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा शुरु गर्छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुनारायणबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *