भारतले उपलब्ध गराउने १० लाख डोज कोरोना विरुद्धको खोप भोलि नै नेपाल आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ७ माघ

नेपाललाई भारत सरकारले उपलब्ध गराउने  कोरोना विरुद्धको खोप भोलि नै नेपाल ल्याइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले अनुदानमा उपलब्ध गराउने १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप भोली नै नेपाल ल्याइने बताए।

मन्त्री त्रिपाठीले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्ट लाइनमा खिटएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप दिइने पनि जानकारी दिए। उनले  खोप अभियानका लागि सबै तयारी पूरा भइसकेको पनि बताए।

मन्त्री त्रिपाठीले नेपाल र भारतबीच मित्रताको अनुपम उदाहरण भएको भन्दै आगामी दिनमा खोप खरिदमा पनि सहयोग गर्ने अपेक्षा राखेको बताए।

उनले नेपालका लागि भारतीय राजदूतमार्फत भारत सरकारलाई धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *