एकैदिन १२१ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडौं, २६ असार

पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ। पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *