Friday, May 10, 2024

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

विशेष समाचार समाचार
न्यूज अपडेट संवाददाता

भक्तपुर, ७ कात्तिक

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि  सवार एक जनाको मृत्यु भएको छ ।

भक्तपुरको ब्यासीमा शनिबार राति सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–०१७ प ७९४२ को मोटरसाइकल ग्यारेजबाट मुख्य सडकमा निस्किँदै गरेको प्रदेश नम्बर ३–०१–००३ क ५०६५ को ट्रकसँग ठोक्किएको हो । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ छालिङका २० वर्षीय सुरज तामाङ छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा मृत्यु भएको महानगरीय प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताए । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

चाँगुनारायण नगरपालिका–५ छालिङका १९ वर्षीय मोटरसाइकल चालक महेश्वर खड्का सामान्य घाइते छन् । खड्का र मिनीट्रक चालक भक्तपुर नगरपालिका–१० कमलविनायकका ३३ वर्षीय लक्ष्मीप्रसाद दुवाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *