सुर्खेतमा सौर्यबत्ती मर्मत गदै उपमहानगरपालिका

समाचार

नेपालगञ्ज १० बैशाख


महिनौदेखि अलपत्र र नबल्ने अवस्थामा रहेका नेपालगञ्जस्थित सुर्खेतरोडका सोलार मर्मत सम्भारको काम थालिएको छ । जीर्ण अवस्थामा रहेका नेपालगञ्ज उपमहानगरपालिका सौर्यवत्तीको मर्मतको काम अगाडी बढाएको हो ।
महिनौसम्म पनि सोलार प्यानलको मर्मत नभएपछि लाखौंको लगानी वालुवामा पानी झै भएको थियो । अब सोलार मर्मतपछि लगानी सदुपयोग हुने उपमहानगरपालिका नेपालगञ्जले जनाएको छ । नेपालगञ्जको जमुनाहादेखि कारकादौंसम्म १५० वटा सोलार प्यानल रहेकोमा ३५ वटा सोलार बिग्रेर बल्न छाडेको महिनौ भइसकेको थियो ।

बुधबार रातिदेखि सुर्खेत रोडमा रहेका सबै सोलारबत्तीको प्राविधिक परीक्षण सुरु भइ बिहीबार बिहानदेखि मर्मतसम्भारको काम अघि बढाइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए । उपमहानगरपालिका क्षेत्रभित्र सुर्खेत रोडमा राखिएका सोलार बत्ती विग्रिएपछि मर्मत गर्न थालिएको उनको भनाई छ ।

बत्ती जडानकर्ता ठेकेदार कम्पनीले मर्मत गर्ने वा उपमहानगरपालिकाले गर्ने भन्ने विवादका कारण मर्मतमा अहिलेसम्म कसैले चासो देखाएका थिएनन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र पुष्पलाल चोकसम्म ७० र तत्कालीन संसद् विकास कोष र जिल्ला विकास समितिको संयुक्त प्राविधिक तथा आर्थिक सहयोगमा जमुनाहादेखि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयसम्म १५० पोलमा जडान गरिएका सोलार बत्तीमध्ये ६२ वटा बिग्रिएका छन् ।

काठमाडौँस्थित सौर्य इनर्जी प्रालिले जडान गरेको सुरुवाती ७० सोलार बत्तीबारे मात्र आफूसँग जानकारी रहे पनि अन्य ८० वटा सोलार कसले जडान गरेको भन्ने बारेमा उपमहानगरपालिकासँग रेकर्ड नभएको योजना शाखाका इञ्जिनियर सुरजकुमार गुप्ता बताउँछन् । अधिकांश सोलार बत्तीहरु राती नबल्दा पैदल यात्रुहरु समस्यामा परेका छन् । नेपालगन्ज–१ का स्थानीयवासी सुुनिलकुुमार बानियाँले सोलार बत्ती नबल्दा राती हिड्न गाह्रो भएको गुनासो गरे ।

स्थानीयवासी शैलेन्द्र वैश्यले सडकमा जडान गरिएका सोलार बत्तीहरु समयमा नै मर्मत नहुँदा राती हिड्नलाई समस्या परेको बताए । नेपालगन्जको विपि चौकमा उच्च क्षमतायुक्त हाइमास्ट बत्ती जडान गरे पनि अन्य क्षेत्रमा भने बत्ती जडान नहुँदा राती हिड्ने पैदल यात्रु र विहानै झिसमिसेमा कलेज जाने विद्यार्धीहरुलाई आवतजावतमा समस्या हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *