चीनको हरित विकासको नीतिको विश्वव्यापी प्रभाव

अन्तर्राष्ट्रिय अर्थ/वाणिज्य विचार विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

एजेन्सी, १० असार

चीनको हरित विकासको नीतिको विश्वव्यापी प्रभाव

एक चिनियाँ कम्पनीले वायुको ऊर्जामार्फत सञ्चालन हुने फार्म बनाएपछि कजाकिस्तानको दक्षिण भेगमा रहेको एउटा सानो सहर, झानाटस्का निवासी माक्सट अबिलगाजिभको जीवनमा धेरै परिवर्तन भयो ।
३३ वर्षका उनी कुनै समय एक स्थानीय फोस्फेट कम्पनीमा विद्युतीय इन्जिनियर थिए । आफ्नो जन्मस्थल र कजाकिस्तानको भविष्य स्वच्छ ऊर्जा, विशेषगरी वायु ऊर्जामा छ भन्ने कुरामा विश्वास गरेर उनले सन् २०२० आफ्नो जागिरबाट राजीनामा दिए र झान्टस् वायु फार्ममा वायु ऊर्जा इन्जिनियरिङको प्रशिक्षार्थी बने ।
“हाम्रा चिनियाँ साथीहरूले उपकरणहरू, लगानी, प्रविधि र अनुभवलाई कजाकिस्तानमा ल्याएका छन् । उनीहरूले हाम्रो देशमा स्वच्छ ऊर्जा परियोजना पनि बनाएका छन् । वायु ऊर्जा आयोजनाहरूले झान्टसका लागि रोजगार र राजस्व पनि बढाएको छ जसले सहरलाई पुनर्जीवन दिएको छ”, अहिले वरिष्ठ मर्मत इन्जिनियरको पदमा पदोन्नति भई काम गरिरहेका अबिलगाजिभले भने । उनको आम्दानी तीन वर्षमा दुई गुणाभन्दा धेरैले बढेको छ ।
पछिल्ला वर्षहरूमा विश्वको दीर्घकालीन विकासलाई प्रवद्र्धन गर्ने चीनका प्रयासमध्ये यो एक उदाहरण हो । विश्व अर्थतन्त्रमा दोस्रो स्थानमा आउने चीनले देशका हरित क्षेत्रलाई बढाएको छ र विश्वको दीर्घकालीन वृद्धिमा योगदान पु¥याएको छ ।

हरित कार्यको सुरुवात
केही समयको लागि, जाडो मौसममा तुवाँलोेले आक्रान्त उत्तर चीनका बासिन्दाहरूबिच राम्रो गुणस्तरको हावा धेरै अपेक्षित थियो । पछिल्लो दशकमा चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रभावकारी उपाय अगाडि ल्याई, वायु प्रदूषणको रोकथाम र नियन्त्रणको लागि कार्ययोजना प्रकाशित गरेर र स्वच्छ ऊर्जाको आपूर्तिलाई बढाएर प्रदूषणविरुद्धको अडिग लडाइँतर्फ देशलाई लम्काइरहेको छ ।
जनताको खुसीको अनुभूतिमा हावाको गुणस्तर महत्वपूर्ण रहन्छ, नेता सीले सन् २०१४ मा दक्षिण चीनको गुइझाओ प्रान्तका राष्ट्रिय कानुन निर्माताहरूसँगको छलफलमा भने ।
आज नीला आकाश फर्किएका छन् र सहरका बासिन्दाहरू उल्लेखनीयरूपमा स्वच्छ हावामा स्वास फेरिरहेका छन् । चीनको PM2.5 घनत्व सन् २०१३ देखि २०२२ सम्ममा ५७ प्रतिशतले घट्यो र GDP को प्रति एकाइको कार्बन डाइअक्साइडको उत्सर्जन ३४.४ प्रतिशतले घट्यो । वर्षभरि गम्भीर वायु प्रदूषण भएका दिनहरूको सङ्ख्या ९२ प्रतिशतले तीव्रगतिमा घट्यो ।
“चीनले पर्यावरणीय संरक्षणलाई महत्व दिन्छ, स्रोतहरूको संरक्षण गर्छ र त्यसलाई प्रभावकारी ढङ्गमा प्रयोग गर्छ अनि हरित र निम्न–कार्बन विकासलाई अगाडि ल्याउँछ”, नेता सिले गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा भने ।
धेरै वषैदेखि चीनले प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने प्रतिबद्धतासहित पर्यावरणीय संरक्षणमा उच्च महत्व राखेको छ । दशकौँका प्रयासहरूको परिणामस्वरूप वन, सिमसार क्षेत्र तथा जैविक विविधतामा मूर्त उपलब्धिहरू उदाएका छन् र यसले देशप्रतिको हरित विकासलाई सहयोग गरेको छ ।
उदाहरणका लागि वृक्षरोपणलाई लिऊँ । चीनले वनले ढाकिएको क्षेत्रलाई सन् १९८० मा भएको १२ प्रतिशतबाट सन् २०२२ मा २४.०२ प्रतिशत पु¥याएर दोब्बर बनाई विश्वकै सबैभन्दा व्यापक रोपिएको वन क्षेत्र बनाएको छ । पछिल्लो दशकमा देशको वृक्षरोपण क्षेत्र (६० मिलियन मु (mu) (६४ मिलियन हेक्टर) पुगेको छ । ‘नेचर सस्टेनाबिलिटी’ मा प्रकाशित नासाका उपग्रहहरूमा आधारित खोजले सन् २००० को प्रारम्भदेखि विश्वभरि भएको हरित विस्तारको कम्तीमा पनि २५ प्रतिशत चीनबाट आएको कुरा देखायो ।
घना जङ्गलहरू पनि स्थानीयहरूको लागि नाफाको पर्याप्त स्रोत बनेको छ । गत वर्ष, चीनको वन र घाँसे मैदानको उत्पादन मूल्य १.१८ मिलियन अमेरिकी डलर पुग्यो भने वन उत्पादनको विदेशी व्यापार १९१ बिलियन डलर थियो ।
कम्बोडिया २१ सेन्चुरी मारीटाइम सिल्क रोड रिसर्च सेन्टरका निर्देशकले चीनलाई हरित विकास नेता दाबी गरेका छन् । “चिनियाँ सरकारले हरित विकास र वातावरण संरक्षणलाई प्रमुख महत्वको विषयको रूपमा हेर्छ र यी रणनीतिहरू देशका सबै सामाजिक तथा आर्थिक विकास योजनाहरूमा समावेश गरिएका छन्”, उनले भने ।

हरित नवप्रवर्तनको प्रवद्र्धन
चीनले विज्ञान र प्रविधिमा ठूलो आत्मनिर्भरता र तागत ल्याउन, औद्योगिक परिवर्तन र स्तरोन्नतिको प्रवद्र्धन गर्न, सहरी–ग्रामीण र क्षेत्रीय विकासलाई अगाडि बढाउन, र हरित र निम्न–कार्बन आर्थिक र सामाजिक विकासलाई अघि ल्याउन काम गर्नुपर्छ, नेता सीले मार्चमा १४ औँ राष्ट्रिय जनकाङ्ग्रेसको बन्द सत्रको समापन बैठकलाई सम्बोधन गर्ने क्रममा भने ।
पछिल्ला वर्षहरूमा चीनले आर्थिक विकासको लागि नवप्रवर्तनले बल पु¥याएको विकासलाई प्रेरक शक्तिको रूपमा लिएको छ जसले अर्थतन्त्रलाई हरित र उच्च गुणस्तरको विकासमा परिवर्तन गर्न सहयोग गर्छ । चीन अहिले स्वच्छ ऊर्जा उपकरणको विश्वको सबैभन्दा ठूलो उत्पादक हो । सन् २०२१ मा ऊर्जा संरक्षण र वातावरणीय सुरक्षाको उद्योगको उत्पादन मूल्य १.१३ ट्रिलियन डलरभन्दा माथि थियो ।
चीनका तीनवटा गहनरूपमा प्रविधि प्रयोग भएका हरित उत्पादनहरू ः सौर्य ब्याट्री, लिथियम आयन ब्याट्री र विद्युतीय सवारी साधनले वर्षको पहिलो चौथाइमा ६६.९ प्रतिशतको वृद्धि दर्ता गरेको कुरा आधिकारिक तथ्याङ्कले देखायो । समग्रमा निर्यात वृद्धिमा २ प्रतिशत अङ्कको योगदान दियो जून २०२२ मा १.७ प्रतिशत थियो ।
“Q1 मा भएको चीनको वैदेशिक व्यापार वृद्धिलाई मुख्यगरी नयाँ ऊर्जासँग सम्बन्धित निर्यातहरूले उत्साहित गरेको छ”, चाइना एभरब्राइट बैङ्कका विश्लेषक जाऔ माओहुवाले भने ।
चीन अटोमोबाइल उत्पादक सङ्घको अनुसार, चीनको नवीन ऊर्जा सवारीसाधन
(NEV) को बिक्री सन् २०२२ मा झन्डै ६.८९ मिलियन एकाइ भएर दोब्बर मात्रामा बढ्यो जुन विश्वको सबैभन्दा ठूलो सवारी साधनको बजारमा कुल बिक्रीको एकचौथाइ बिक्री हो ।
“यहाँको वृद्धिको गति विश्वका अन्य क्षेत्रहरूभन्दा धेरै छिटो छ”, भोल्सवेगनको व्यवस्थापनका अध्यक्ष ओलिभर ब्ल्युमले भने र उच्च तहको नवप्रवर्तनको कारणले चीन सम्पूर्ण सवारी साधन उद्योगमा महत्वपूर्ण गति निर्धारक बनेको कुरा थपे ।
गत वर्षको अगस्टमा चीनले प्रविधिको सहयोगमा कार्बन डाइअक्साइड उत्सर्जनलाई सन् २०३० मा उत्कर्षमा पु¥याउने र सन् २०६० मा कार्बन तटस्थता प्राप्त गर्ने ‘दोहोरो कार्बन’ योजनाको खुलासा ग¥यो ।
चीनले सबै चुनौतीलाई विज्ञान, प्राविधिक नवप्रवर्तन र रचनात्मक कार्यहरूको माध्यमबाट सम्बोधन गर्दै वैज्ञानिक माध्यमबाट हरित विकासलाई अगाडि बढाउँदै आएको छ, बेन्जामिन आन्याग्रे, घाना–चीन मैत्री सङ्घका महासचिवले भने र हरित विकासमा चीनको प्रतिबद्धताले मौसम परिवर्तनसँग लड्ने विश्वको प्रयासलाई सकरात्मक प्रभाव पार्ने कुरा पनि थपे ।
यही कुरालाई दीर्घकालीन विकासका लागि विश्व व्यापार परिषद्का अध्यक्ष तथा कार्यकारी प्रमुख पिटर बक्करले दोहो¥याए । उनले ब्याट्री, विद्युतीय सवारीसाधन र सौर्य ऊर्जाजस्ता क्षेत्रहरूमा शक्ति र रचनात्मकताको विशाल कार्यान्वयनले चिनियाँ व्यापारले विश्वलाई महत्वपूर्ण ढङ्गमा कार्बनमुक्त बनाउने अपेक्षा गरिएको कुरा बताए ।

वैश्विक संलग्नता
“हामीले हरित विकास र हरित, निम्न–कार्बन र दीर्घकालीन हुने जीवनपद्धतिको नयाँ दृष्टिकोणलाई अगाडि ल्याउनुपर्छ”, नेता सीले मई २०१७ मा अन्तर्राष्ट्रिय सहकार्यको लागि बेल्ट एन्ड रोड फोरमको उद्घाटन समारोहमा भने । “हामी बेल्ट एन्ड रोडको लागि हरित विकासको निम्ति अन्तर्राष्ट्रिय सहकार्यको स्थापना प्रस्ताव गर्छौँ र हामी मौसम परिवर्तनसँग अनुकूल बन्न खोजिरहेको देशलाई सहयोग प्रदान गर्नेछौँ ।
चीनले आफ्नो हरित विकासको विचारलाई विश्वभरि साटेर आफ्नो भनाइलाई कार्यान्वयन गरेको छ र यसले देशहरूलाई हरित वृद्धि कायम गर्न पनि सहयोग पु¥याएको छ ।
“इथियोपियाको नवीकरणीय ऊर्जा क्षेत्रमा चीनको संलग्नता देख्न सकिन्छ । जलविद्युत् र वायु ऊर्जा योजना, दुवैमा बढ्दो दरमा संलग्न छन्”, मोगस मेकोन्नेन, इथोपियन ऊर्जा शक्तिका सञ्चार निर्देशकले भने । उनले योजनाहरूले इथियोपियालाई नवीकरणीय ऊर्जा क्षमतालाई सहयोग गरेको कुरा उल्लेख गरे ।
हाल चीनको डोङफाङ विद्युतीय निगमअन्तर्गतको निर्माणमा रहेको सोमाली क्षेत्रको पहिलो विन्ड ऊर्जा योजनाएसा विन्ड फार्मले इथियोपियाका ठूला विकास योजनाहरूजस्तै एडिस अबाबा जिबउटी रेलमार्ग (Addis Ababa-Djibouti Railway) र डायर डावा औद्योगिक क्षेत्र (Dire Dawa Industry) मा शक्ति प्रदान गर्ने र एडिस अबाबा जिबउटी आर्थिक करिडरको (Addis Ababa-Djibouti eonomic corridor) लागि स्थिर र पर्याप्त शक्ति आपूर्ति निश्चित गर्ने अपेक्षा गरिएको छ ।
जलविद्युत्को क्षेत्रमा चीनसँगको सहकार्यले इथियोपियालाई २५४ मेगावाट भएको जेनाले डावा तेस्रो (Genale Dawa III) प्राप्त गर्न सफल बनाएको छ र यो सन् २०२० को पहिलो तीन महिनादेखि सुरक्षितरूपमा सञ्चालन भएको छ ।
केन्यामा आधिकारिक तथ्याङ्कले सौर्य ऊर्जाको स्थापित क्षमता १०० मेगावाटभन्दा धेरै भएको देखायो भने चीनको आर्थिक सहयोग रहेको गारिसा सौर्य ऊर्जा कारखानाले ५० मेगावाट उत्पादन गर्छ ।
केन्याका राष्ट्रपति उहुरु केन्याटाल पूर्वी र मध्य अफ्रिकाको सबैभन्दा ठूलो सौर्य ऊर्जा कारखाना भएको गारिसा सौर्य ऊर्जाले केन्यालाई हरित ऊर्जा पर्याप्तताको मार्गमा लग्ने र अफ्रिकाको हरित ऊर्जा पुस्ताको केन्द्र बनेर देशको धनी दृश्यमा थप्ने कुरा बताए ।
हरित विकास योजनाहरूको प्रवद्र्धन गर्ने क्रममा चीन जैविक विविधतालाई राम्रो अवस्थामा राख्न पनि महत्व दिन्छ । उदाहरणको लागि हात्तीको बासस्थानको सुरक्षाका निम्ति चीन–लाओस् रेलमार्ग बनाउने क्रममा थुप्रै सुरुङमार्गहरू बने र पुलहरूले बाटोलाई प्रतिस्थापित गरे ।
फिलिप क्लेटन, चीनको उत्तरआधुनिक विकास संस्था (Institute for Postmodern Development of China) का अध्यक्ष, संरा अमेरिकाका एक प्रबुद्धले चीनको विश्वलाई हरियो बनाउने योगदान तथा जैविक विविधता संरक्षण गर्ने प्रतिबद्धताले अन्तर्राष्ट्रिय समुदायलाई वातावरणीय सुधार र अझ बलियो वातावरणीय शासनलाई सुदृढ बनाएको बताए । यही क्रममा चीनले वातावरणीय संरक्षणको लागि पनि बहुउद्देश्यीय सहकार्यलाई बढाइरहेको छ ।
गत वर्ष चीनको केन्द्रीय सहर उहानले सिमसार क्षेत्रमा ¥यामसर अधिवेशन जेनेभा, स्वीजरल्यान्डसँग अनुबन्धित पक्षहरूको सम्मेलनको १४ औँ बैठक (COP14) आयोजना ग¥यो जुन सिमसार क्षेत्रको पतनलाई घटाउने लक्ष्य राखेको सिमसार क्षेत्र संरक्षण २०२५–२०३० को वैश्विक रणनीतिक ढाँचाको सहजकर्ता बनेको थियो ।
चीनले अनुबन्धित पक्षहरूको सम्मेलनको जैविक विविधता सम्मेलनको १५ औँ बैठक पनि COP15 को अध्यक्षता ग¥यो । यसले जैविक विविधताको क्षतिलाई उल्टाउँदै ती पक्षहरूलाई ऐतिहासिक सम्झौता, कुन्मिङ मोन्ट्रियल वैश्विक जैविक विविधताको ढाँचालाई ग्रहण गर्न नेतृत्व ग¥यो ।
जैविक विविधताको सम्मेलनको सचिवालयको कार्यकारी सचिव डेभिड कुपरले चीनको नेतृत्वको भूमिकामा जैविक विविधतामा समग्र प्रतिबद्धता निश्चित गर्न सरोकारवालाहरूसँग नेतृत्व र काम गर्ने कार्य समावेश भएको कुरा बताए ।
उनले चीनको तीव्र आर्थिक वृद्धिको क्रममा चीनले जैविक विविधता संरक्षणमा धेरै कुरा प्राप्त गरेको कुरा बताए र मौसम परिवर्तनलाई नियन्त्रण गर्ने चीनको सक्रिय सहभागितासँग विकासोन्मुख देशहरूका लागि राम्रो नमुना प्रदान गर्ने क्षमता भएको र जैविक विविधता संरक्षणमा सहमति निर्माणमा योगदान पु¥याएको बताए ।
स्राेतः China Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *