पछिल्लो २४ घण्टामा ४०३ संक्रमित थपिए, ४४०१ जनाको पिसिआर परीक्षण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २० पुस

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ४ सय १ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५२ हजार ९ सय ३ पुगेको छ।

सोमबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ६ सय ३७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *