भनपामा थप स्थानीय पाठ्यक्रम

शिक्षा समाचार

सर्जिना श्रेष्ठ
भक्तपुर,२४ असार


भक्तपुर नगरपालिकाले नगरभित्र रहेका ९२ ओटा विद्यालयहरूमा आधारभूत तह (२–७ कक्षा ) मा स्थानीय पाठ्यक्रम लागु गरिएको छ ।
नगरपालिकाद्वारा त्यसको अनुगमन र शिक्षकसँगको अन्तरक्रियाले स्थानीय पाठ्यक्रम सफल कार्यान्वयन भएको ठहर गरेको छ । यही आधारमा यस वर्ष कक्षा २ र ७ मा यो पाठ्यक्रम राखिएको हो । यसै अनुसार पढाइँ भइरहेको छ । विशेषगरी भक्तपुरमा जन्मेका र अध्ययन गर्न आउने व्यक्तिहरूले यस नगरको परिचय, इतिहास, भुगोल र विशिष्ट व्यक्तित्वको जीवनीबारे बोध गराउनुका साथै एक पुस्ताबाट अर्को पुस्तामा संस्कृति हस्तान्तरणमा सघाउ पु¥याउन यो पाठ्यक्रम लागू गरिएको भक्तपुर नगरपालिका ९ वडाध्यक्ष रविन्द्र ज्याख्वले बताए ।
यसप्रकारको पाठ्यक्रमले स्थानीय कला, सीप, खेल, नाच, गीत आदि जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसमा २ कक्षामा ११ ओटा विषयहरू रहेका छन् भने कक्षा ७ मा १२ ओटा विषयहरू सम्मिलित छन् । ख्वपको चिनारी, ख्वपको इतिहास, स्थानीय जातजाति, व्यक्तित्व र जनसङ्ख्या, स्थानीय संस्कृति, संस्कारहरू, लिपि, खेल, सीप र प्रविधि, स्थानीय पर्यटन आदि विषयवस्तु समेटिएका छन् । शिक्षक, अभिभावक र विद्यार्थीले उतिकै रुचिका साथ पाठ्यक्रम पढाइँ भइरहेको देखिन्छ । यसलाई सकारात्मक रुपमा लिनु पर्दछ र अन्य नगरपालिकाले पनि यसबाट सिक्नुपर्ने आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *